अख्तियारमा २८ हजार उजुरी, ३६ प्रतिशत स्थानीय तहसँग सम्बन्धित
- काठमाडौंगत आर्थिक वर्षमा दर्ता भएकामध्ये झण्डै ३६ प्रतिशत उजुरी स्थानीय तहका अनियमिततासँग सम्बन्धित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको अख्तियारले सोमबार तथ्याङ्क सार्वजनिक गर्दै स्थानीय तहमा हुने भ्रष्टाचार अन्यको तुलानामा धेरै देखिएको जनाएको हो । आयोगका अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत पर्ने स्थानीय तहका मात्रै ३५ दशमलव ९५ प्रतिशत रहेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
आयोगमा आर्थिक वर्ष २०७९÷८० मा २० हजार ९ सय ५ वटा उजुरी परेका छन् । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा दर्ता भएका ७ हजार १ सय ६२ वटा उजुरीमाथि समेत अनुसन्धान भइरहेको प्रवक्ता दाहालको भनाइ छ ।
समग्रमा १८ हजार ७ सय ९९ अर्थात् ६६ दशमलव ९८ प्रतिशत उजुरी फछ्र्योट भएको आयोगले जनाएको छ । त्यस्तै, एक वर्षको अवधिमा १ सय ६२ वटा उजुरीमाथि अनुसन्धान पूरा गरी ७ सय ६६ जनालाई प्रतिवादी बनाई १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४ सय ३७ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा पेश गरिएको प्रवक्ता दाहालले बताउनुभयो ।
आयोगले विशेष अदालतमा प्रतिवादी कायम गरि पेश गरेका व्यक्तिको सूचीमा पालिका तहका अधिकृत र जनप्रतिनिधिको संख्या धेरै देखिएको छ ।