बुधवारसम्म पानी पर्ने सम्भावना
- काठमाडौंदेशभर मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतकर्ता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बुधबारसम्म मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको हो । सो क्षेत्रका स्थानीयनलाई बाढी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन विभागले आग्रह समेत गरेको छ ।