राष्ट्रिय

नक्कली कगज बनाई जापान पठाउने १४ वटा संस्था निलम्बीत

- केएफएम डेस्क काठमाडौं

वैदेशिक रोजगार विभागले रोजगारीका लागि नक्कली कागजात बनाई जापान पठाउने १४ वटा संस्थालाई निलम्बन गरेको छ ।

जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी इजाजतपत्र लिएको ती संस्थाहरुलाई विभागले निलम्बन गरेको हो ।

संस्थाहरुले श्रम स्विकृती लिई नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने सुचनाको आधारमा अनुसन्धान भईरहेको विभागले जनाएको छ ।