राष्ट्रिय

चाडपर्वलाई लक्षित गरी सडक मर्मत कार्य सुरु भईसकेको छः मन्त्री ज्वाला

- केएफएम डेस्ककाठमाडौं

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्वलाई लक्षित गरी सडक मर्मत कार्य सुरु भईसकेको बताउनुभएको छ । संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले दैशभरका सडकहरुलाई तीन समूहमा विभाजन गरी मर्मत सम्भारको कार्य सुरु गरिएकोे बताउनुभयो ।

चाडपर्वमा यात्रुलाई आवतजावत सहज बनाउन सरकारले स्रोतको सिमितता र प्रक्रियागत झन्झट हुँदा पनि काम भइरहेको उहाँको भनाइ थियो ।