राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघ मृत अवस्थामा फेला

- रमेश कुमार पौडेलचितवन

चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ । 

भरतपुर महानगरपालिका २७ मेघौली स्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा पोथी बाघ मृत अवस्थामा फेला परेको हो ।

 सो बाघ अन्दाजी सात बर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

बाघको शरीरका विभिन्न ठाउँमा घाउ भएकाले एकआपसमा बाघ जुधेर मरेको हुनसक्ने सुचना अधिकारी तिवारीले बताउनुभयो ।