राष्ट्रिय

नेपाल अन्तराष्ट्रिय व्यापार मेला आजदेखि

- केएफएम डेस्ककाठमाडौं

स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल अन्तराष्ट्रिय व्यापार मेला भृकुटीमण्डपमा आज सुरु हुदैछ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने मेला मंसिर १८ गतेसम्म चल्नेछ । मेलाको सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुको सहभागिता रहने महासंघले जनाएको छ ।

मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ । महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८÷८ गरी कुल २ सय १० वटा स्टलहरु मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रवर्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुँदै आएको छ । मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघको छ ।