राष्ट्रिय

परराष्ट्र मन्त्रालयमा सचिव पद आजदेखि रिक्त हुदै

- केएफएम डेस्ककाठमाडौं

मुलुकको कुटनितिक इतिहासमा परराष्ट्र मन्त्रालयले पहिलो महिला सचिव पाउने निश्चित जस्तै भएको छ । सचिव भरतराज पौडेलको कार्यकाल आज सकिन लागेपछि वरिष्ठतम सहसचिव सेवा लम्साल सचिवमा नियुक्त हुने निश्चित प्राय रहेको परराष्ट्र मन्त्रालय उच्च श्रोतले जनाएको छ । पौडेल भने क्यानडाका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।

परराष्ट्रको मन्त्रालयको प्रवक्ता समेत रहेकी वरिष्ठतम सहसचिव लम्साल पाकिस्तानका लागि राजदूत समेत रहि सक्नुभएको छ । लामो कुटनितिक अनुभव संगालेकी लम्साल अन्तिम समयमा कुनै हस्तक्षेप नभए वरिष्ठताका आधारमा स्वतः सचिव बन्ने बताईएको छ । हाल सम्म २३ परराष्ट्र सचिवले कुटनीतिक तहको नेतृत्व गरेका छ । २४ औं सचिवका रुपमा लम्सालको नियुक्ती हुन लागेको हो ।

लोकसेवा आयोगले अब परराष्ट्र मन्त्रालयका तिन सहसचिवको नाम सिफारिस गर्नेछन् । परराष्ट्र मन्त्रालयका वरिष्ठतम सहसचिव, सेवा लम्साल, अमृत राई , कृष्ण प्रसाद ढकाल र दुवासु क्षेत्री मध्य लम्साल सबैभन्दा वरिष्ठ हुनुहुन्छ । परराष्ट्र मन्त्रालयमा वरिष्ठताका आधारमा सचिवमा नियुक्त हुने परम्परा छ ।