राष्ट्रिय

सप्तरीमा २ सय ४० किलो गाँजा बरामद

- केएफएम डेस्ककाठमाडौं

सशस्त्र प्रहरीले सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद गरेको छ ।

गएराति विशेष सूचनाको आधारमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा न ८ कोशी नदिको पलारबाट लुकाई छिपाई राखेको अबस्थामा सो परिमाणको गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा नेपाल प्रहरीलाई बुझाइएको छ ।