राष्ट्रिय

प्रजनन् रोगबारे नखुल्दा स्वास्थ्यमा जटिलता

- सुनिता बराल

महोत्तरीका ४ हजार महिलाको प्रजनन् स्वास्थ्य परिक्षण गर्दा धेरैमा पाठेघरको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न भागमा हालसालै गरिएको निशुल्क प्रजनन स्वास्थ्य परिक्षण शिविरमा जांच गराउने मध्ये ६ सय ५७ महिलामा पाठेघरको संक्रमण देखिएको सामुदायिक सेवा प्रतिष्ठानले जनाएको छ । महिला तथा बालबालिकाको स्वास्थ्यमा काम गरिरहेको सेवा प्रतिष्ठानले महोत्तरीको बर्दिवास,जलेश्वर,औरही,रामगोलपुर,सोनामा,सम्सी मनराशिसवा र पिपरामा शिविर संचालन गरि महिलाको प्रजनन स्वास्थ्य परिक्षण गरेको सेवा प्रतिष्ठानका सुपरभाईजर हरिहर उप्रेतिले जानकारी दिनुभयो । 

४ हजार महिलामा संक्रमित मध्ये २ सय बढी महिलाको पाठेघर खसेको र ९९ सय महिलामा पाठेघरको मुखमा पहिलो चरणको क्यान्सर संक्रमण भएको पाइएको उप्रेतीले बताउनुभयो । पाठेघर खसेका एक सय महिलाको निःशुल्क अप्रेसन समेत गरिएको उहांको भनाई छ । संक्रमण देखिएका महिलाहरुलाई औषधि वितरण र उपचार सेवा समेत प्रतिष्ठानले नै गरिरहेको पनि उहांले जानकारी दिनुभयो । संक्रमण ३५ वर्ष माथीका महिलाहरुमा देखिएकाले ३५ पुगेका हरेक स्वस्थ महिलाले पनि वर्षमा एकपटक पाठेघरको जांच गराए जटिल समस्या निम्तिने जोखिम कम हुने उहांले उल्लेख गर्नुभयो ।