राष्ट्रिय

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते

- रेडियो कान्तिपुर दाङ

बर्दियाबाट दाङमा वनभोजका लागि आउँदै गरेको बस तुलसीपुरमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

बर्दियाको बढैयाताल गाउंपालिका–६, मैनापोखरस्थित कृषक समूहबाट दाङको दंगीशरणस्–३ स्थित थारु संग्रहालय चखौरामा वनभोजका लागि जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान अमिलिया–तुलसीपुर सडकखण्डको भञ्ज्याङ नजिकै दुर्घटना भएको हो । 

२० जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।