राष्ट्रिय

संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु

- दीपेन्द्र शाक्य, संखुवासभा

संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारकी ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक असोक जगेबुले जानकारी दिनुभयो ।

घर नजिकैको जङ्गलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान ७ बजे घरबाट निस्किएकी घिमिरेलाई अरुण तेस्रोमा कार्यरत मजदुरले मृत अवस्थामा फेला पारेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । घिमिरेको शव पोष्टमार्रटका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।