राष्ट्रिय

पुननिर्मित सर्लाही कारागार भवनको गृहमन्त्रीद्वारा उद्घाटन

- ओमप्रकाश ठाकुरसर्लाही

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही सदरमुकाम मलंगवामा पुनर्निर्माण गरिएको सर्लाही कारागार भवनको उद्घाटन गर्नु भएको छ । 

२०७२ सालबाट सुरु भएको पुनर्निर्माण ८ वर्षपछि सकिएको हो । मन्त्री श्रेष्ठले कारागारमा जिल्लाकै कैदीबन्दीलाई ल्याएर राखिने बताउनुभयो । नजिक कैदीबन्दी हुँदा परिवारका सदस्य भेट्न सजिलो हुने उहाँको भनाई थियो । 

जीर्ण बनेको कारागार पुनर्निर्माणका लागि सहरी विकास मन्त्रालयले २०७३ मंसिर ६ गते कार्यादेश दिएको थियो । ४ करोड ४५ लाख २७ हजार ६ सय ८७ रुपैयाँ ६५ पैसाको लागतमा २ सय १० कैदी क्षमताको कारागार भवन पुनर्निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । 

१ सय ६० पुरुष र ५० महिला कैदी अटाउने कारागार भवन ८ कट्ठा १५ धुरमा फैलिएको छ । जिल्लामा कारागार नहुँदा कैदीबन्दीलाई गौर, जलेश्वर, झुम्का लगायतका कारागारमा लगिँदै आएको थियो ।