रुपन्देहीबाट ७ लाख रुपैयाँको अवैध चिनी बरामद
- तिलोत्तमारुपन्देहीमा अवैध रुपमा ल्याइएको ७ लाख रुपैयाँ मूल्य बराबरको चिनी प्रहरीले बरामद गरेको छ ।
रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले आज मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २ सय ५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।
डीएसपी थापाका अनुसार विशेष सूचनाका आधारमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको सो परिमाणको चिनी बरामद गरिएको हो ।