राष्ट्रिय

राष्ट्रियसभा उपाध्यक्षबाट अर्यालको राजीनामा

- केएफएम डेस्ककाठमाडौं

सङ्घीय संसदको माथिल्लो सदन राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।

उपाध्यक्ष अर्यालले आज राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाललाई राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले नेपालको संविधान र राष्ट्रिय सभा नियमावली बमोजिम आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्नुभएको छ ।



सत्ता गठबन्धन फेरिएसँगै राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति भएको थियो । सोही सहमति अनुसार माओवादी केन्द्रका नेता नारायण दाहाल अघिल्लो साता राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भइसक्नुभएको छ ।

यता, उपाध्यक्षमा एमालेले पाउने सहमति सुरुमा भएपनि एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि सो दललाई दिने तयारी भएको बताइन्छ ।