राष्ट्रिय

सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा

- रेडियो कान्तिपुरधनगढी

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । 

खखडेहरा पर्व रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यस समूदायले होली पर्वको अन्तिम दिन खखडेहरा मनाउने गर्दछन् । 

एक महिनासम्म मनाइने होली पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।