अरुण नदीमा सञ्चालित फेरी बन्द, सवारी आवागमन प्रभावित
- धनकुटाभोजपुर र सङ्खुवासभाको सीमा सतिघाटस्थित अरुण नदीमा सञ्चालित फेरी बन्द भएपछि तीन दिनदेखि आवागमन बन्द भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका ५ र सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ बीचमा चार वर्ष यता सञ्चालन हुँदै आएको फेरी बन्द भएको हो ।
गत शुक्रबार फेरीमा प्रयोग हुने लठ्ठा खिइएको पाइएपछि सञ्चालन रोकिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । फेरी मर्मतको लागि आवश्यक जनशक्ति खोजी भइरहेको छ । प्राविधिक बोलाएर काम गर्ने तयारी भएको नगरप्रमुख उदासले जानकारी दिनुभयो ।
भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभाको पश्चिमीनाका जोड्ने गरि अरुण नदीमा निमार्णाधिन मोटरेवल पुलका कारण सो स्थानमा सवारी सञ्चालनका लागि फेरीको प्रयोग हुँदै आएको छ ।
दूई जिल्ला जोड्ने गरि लम्सुवाघाटमा १३ वर्ष अघिदेखि पुल बनाउन थालिएपनि ठेकेदारले अधुरै छोडेपछि निर्माणकार्य अलपत्र छ ।