कर्णालीको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त
-कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
त्यसअघि कँडेलले एमाले, माओवादी र एकीकृत समाजवादीका गरी कुल २३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्नुभएको थियो ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । गत बुधबार माओवादी केन्द्रका नेता राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार बनेको हो ।