राष्ट्रिय

तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प

- दिपेन्द्र शाक्यसंखुवासभा

खराब मौसमका कारण विमानस्थल तुवाँलोले ढाकेपछि संखुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प छ ।

 बाक्लो तुवाँलोले विमानस्थल वरपरको डाँडा ढाकेपछि हवाई सेवा अवरुद्ध भएको हो ।

 उडानका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी आवश्यक पर्नेमा १ किलोमिटर मात्र रहेको नागरिक उडड्यान प्राधिकरणले जनाएको छ । 

तुम्लिङटार विमानस्थलमा एटीआर–७२ ले दैनिक उडान भर्दै आएको थियो । तर, १२ दिनयता निजी कम्पनीका विमानले तुम्लिङटारमा उडान भर्न नसकेको हो । 

तुम्लिङटारमा उडान नभएपछि दैनिक ६५ भन्दा बढी यात्रु अलपत्र पर्ने गरेका छन् ।