राष्ट्रिय

गोरखाको चुमनुव्रीमा १३ वटा हिउँ चितुवा गणना

- हरिराम उप्रेती गोरखा

गोरखाको उत्तरी क्षेत्र स्थित चुमनुव्रीमा १३ वटा हिउँ चितुवा भेटिएको छ ।

ग्लोबल चेन्ज रिसर्च इन्ष्टिच्यूट एकेडेमी अफ साइन्सले मनास्लु संरक्षण क्षेत्र अन्तरगतको चुम र नुव्री क्षेत्रमा गरेको अध्ययनका क्रममा १३ वटा हिउँ चितुवा र दुइ वटा हिउँ चितुवाको वच्चाको गणना गरेको हो ।

एकेडेमीका डाक्टर विक्रम श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयमा वन विज्ञान अध्ययन गर्दै आएका सचित तिमल्सीनाको टोलीले मनास्लु क्षेत्रको लोपोन्मुख हिमचितुवाको अध्ययन गरेको थियो । चुमनुव्री अन्तरगतको नुव्री क्षेत्रमा ५ वटा र चुम क्षेत्रमा ८ वटा हिउँ चितुवा अध्ययनको क्रममा पाइएको उनीहरुको भनाई छ ।

पश्चिम क्षेत्र अन्र्तगत नुब्री क्षेत्रमा नोभेम्वर २०२० देखि जनावरी २०२१ सम्म अध्ययन भएको थियो भने पुर्वी क्षेत्र अन्तरगत चुम क्षेत्रमा डिसेम्वर २०२१ देखि फेव्रुअरी २०२२ सम्म हिमचितुवाको अध्ययन भएको थियो ।

चुम क्षेत्रको चुम्लीङदेखि मु गुम्वा सम्मको क्षेत्र समेटेर अध्ययन गरिएको उनीहरुको भनाई छ । सरदर चार हजारको उचाइमा हिमचितुवा पाइने गरेको छ ।