रारामा प्लाष्टिक प्रतिबन्ध
-उत्कृष्ट पर्यटकिय गन्तब्य राराको सुन्दरता जोगाउन प्लाष्टिक लैजान प्रतिबन्ध गरिएको छ । भ्रमणमा आउने आन्तरिक पर्यटकले प्लाष्टिकको झोला, बोतल, प्लाष्टिकमा प्याकिङ्ग गरेका वस्तु चाउचाउका पकेट ल्याएर रारा ताल छेउछाउ निकुञ्ज क्षेत्रमा फ्याक्दा वातावरण प्रदुर्षण हुन थालेपछि निकुञ्जले पलाष्टिक जन्य वस्तुमा प्रतिबन्ध लगाएको हो ।
घुम्न जाने पर्यटकले जथाभावि प्लाष्टिक फ्याक्दा रारा ताल क्षेत्र फोहोर हुन थालेपछि प्लाष्टिक ल्याउन नपाइने निर्णय गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले बताउनुभयो । राराको प्राकृतिक सुन्दरता जोगाएर पर्यटकलाई आक्रर्षित बनाउन फोहोर ब्याबस्थापनमा ध्यान दिएर पलाष्टिक प्रतिबन्ध गरिएको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षको चैत समान्तसम्म ८ हजार ५ सय पर्यटकले रारा भ्रमण गरेको छन् । यो बर्ष रारा भ्रमणमा आउने पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको निकुञ्जले जनाएको छ ।