राष्ट्रिय

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

- घनश्याम गौतमबुटवल

लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । 

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले आइतबार बस्ने बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सरकारका तर्फबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने र प्रदेश सभा सदस्यले विशेष समयमा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको बताउनुभयो । 

सरकारले यसअघि नै प्रदेशको निजामती सेवा सम्बन्धी विधेयक पारित गरेर प्रमाणीकरण भईसकेको छ । सरकारले आइतबारको बैठकमा प्रदेश निजामती विधेयकलाई सहयोग पुग्ने गरी स्थानीय तहको कर्मचारी सम्बन्धी विधेयक पेश गर्न थालेको हो । 

यो विधेयक सभामा टेबुल गर्नका लागि मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरिसकेको छ । स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विभिन्न ९ खण्ड छन् ।