राष्ट्रिय

रारा विमानस्थलमा जहाजको ठक्करबाट कर्मचारी घाइते

- केएफएम डेस्क

रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् ।

नेपालगञ्जदेखि आज यात्रु लिएर रारा विमानस्थल गएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट सो जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार विमानस्थलमा जहाज उडानको सङ्केत गराइरहेका भामलाई जहाजले ठक्कर दिएको थियो ।

घाइते भामलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।