बाँकेमा गृहमन्त्री लामिछानेको पुतला दहन
- बाँकेबाँकेको नेपालगन्जमा नागरिक समाजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै आज त्रिभुवन चोकमा गृहमन्त्री लामिछानेको पुतला दहन गरिएको हो ।
विरोध प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवा पत्रकारहरुले यो कदम प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको भन्दै मिडिया माथिको आक्रमण रोक्न माग गरेका छन् ।
अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिशोधका आधारमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।