धनकुटास्थित सल्लेरी राष्ट्रिय वनमा लागेको आगो नियन्त्रणमा
- धनकुटाधनकुटास्थित सल्लेरी राष्ट्रिय वनमा लागेको आगो नियन्त्रणमा आएको छ ।
धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि सो आगो नियन्त्रणमा लिइएको हो ।
आज दिउँसो एक बजेबाट धनकुटा बजारको मध्यभागमा रहेको सो वनमा आगलागी सुरु भएको थियो ।
जङ्गलमा सल्किएको आगो बस्ती र बजार पस्न सक्ने जोखिम बढेपछि तीन घण्टामा डढेलो नियन्त्रणमा लिइएको हो । आगोले सल्लेरी राष्ट्रिय वनको करिब १५ रोपनी क्षेत्र जलेर नष्ट भएको छ ।
स्थानीय सरश्वती चौक छेउबाट सुरु भएको आगोले रामप्रसाद पोख्रेल सामुदायीक आँखा अस्पताल, नेपाली सेनाको भीमदल गण, कचिडे बस्ती, धनकुटा नगरपालिका ६ नम्वर वडा कार्यालय, बहुउदेसिय भवन र जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र वरपरको वन समेत जलेर नष्ट भएको छ ।
यस्तै सल्लेरी बीचमा रहेको धनकुटा नगर खानेपानी उपभोक्ता समितिले बिछ्याएको पाइपमा पनि क्षतिपुगेको छ । आगलागीमा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्रउ गरेको छ ।