हावाहुरीले पूर्वी नवलपरासीका १० घर र २ वटा विद्यालयमा क्षती
- काठमाडौंहावाहुरीको कारण पूर्वी नवलपरासीमा १० वटा घर र २ वटा विद्यालयमा क्षति पुगेको छ । हिजो आएको हावाहुरीले विनयी त्रिवेणी गाउँपालिका ५ मा ४ वटा घरको जस्तापाता उडाएको छ ।
मध्यविन्दु नगरपालिका ५ मा ४ वटा घरमा रुख ढलेर क्षती पुगेको छ भने देवचुली नगरपालिका ४ झाँक्रे र गैँडाकोटमा एक÷ एक वटा घरमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेद बहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १० नयाँ बेलहानीमा सरस्वती माविको पर्खाल र भर्याङ भत्किएको छ भने कावासोती १७ को सरस्वती माध्यमिक विद्यालयमा रुख ढलेर क्षति पुगेको छ ।
हावाहुरीले भौतीक सम्पतीमा क्षती पुगेपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । यस्तै, हावाहुरीको कारण पश्चिम नवलपरासीमा बिजुलीको पोल र ट्रान्सफर्मरमा क्षती पुग्दा केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।
हावाहुरीले परासी, प्रतापपुर क्षेत्रमा बिद्युत पोल, तार र ट्रान्सर्फमरमा क्षती पुगेपछि हिजो साँझदेखि विद्युत प्रसारण अवरुद्ध भएको हो ।
जिल्लाको सरावल, परासी, प्रतापपुर, बर्दघाट र सुनवलमा विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । हाईटेन्सन लाईनका पोलहरुमा क्षती हुँदा विद्युत कटौती भएको विद्युुत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मील बताउनुभयो ।