राष्ट्रिय

महोत्तरीका स्थानीय तहको कामप्रति समन्वय समितिको चासो

- सुनिता बरालमहोत्तरी

महोत्तरीका स्थानीय तहले काम गरीरहेका अधिकांश योजनाको जानकारी विवरण गोप्य राखिएको पाइएको जिल्ला समन्वय समिती महोत्तरीले जनाएको छ ।

 अनुगमनका क्रममा अधिकांश योजना र आयोजनाहरु सञ्चालन रहेको स्थलमा योजनाको विवरण भएको पाइएको समितिले जनाएको हो। 

आयोजनको जानकारी दिने होर्डिङ बोर्ड नराखिएको, कुन निकायबाट के कति लागतमा कुन विधि र प्रक्रियाबाट कहिलेसम्म योजना सम्पन्न गर्ने लगायतका विषय सूचना सर्वसाधारणबाट लुकाएर काम गरेको पाइएको भन्दै समितिले त्यस्तो नगर्न आग्रह गरेको छ ।

 महोत्तरी जिल्लावासीको सर्वोपरि हितलाई ध्यानमा राखी संविधान, प्रचलित ऐन, कानुन, समाजिक मूल्य मान्यता कायम राखी न्यायको पक्षमा कार्य गर्न गराउन समन्वय समितिले सबैमा आग्रह गरेको हो । 

समन्वय समितिका सभापति सुमनलाल कर्णले विज्ञप्ती सार्वजनिक गर्दै योजना र आयोजना बारे सर्वसाधारणले सूचन पाउने अधिकार कुण्ठित भएको बताउनुभएको छ । 

आम नागरिकले पनि सचेत र जाकरुक बन्दै आफ्ना टोल छिमेकमा काम भएका योजनाबारे प्रश्न गर्ने र गलत हुन नदिने भूमिका निर्वाह गर्नुपर्ने सभापति कर्णले बताउनुभयो ।