राष्ट्रिय

खोलाबाटै गिटीबालुवा बेच्न ठेकेदारद्धारा जनप्रतिनिधिको ‘निगरानी’

- दीपेन्द्र बडुवालभैरहवा

रुपन्देहीका तिनाउ र दानव खोलाबाट गिटीबालुवा उत्खननका लागि स्थानीय तहले ठेक्का लगाएपनि ठेकेदारले मापदण्ड विपरित उत्खनन गरेको पाइएको छ । उत्खननका लागि पालिकाले तय गरेको मापदण्ड पालना गर्ने सम्झौंता गरेका ठेकेदार कम्पनीको ध्यान जनप्रतिनिधिको आँखा छलेर खोलाबाटै गिटीबालुवा क्रसर उद्योगलाई बिक्री गर्न केन्द्रित पाइएको हाम्रा सहकर्मीले जनाएका छन् । 

ठेक्का सकारेका कम्पनीले खोलाबाट दैनिक नदीजन्य पदार्थ उत्खनन गर्दा मापदण्ड पालना नगरी उत्खनन्को अनुगमनमा आउने जनप्रतिनिधिकै निगरानी गरिरहेको खुलेको छ । त्यसकालागि उनीहरुले सम्बन्धित वडाका जनप्रतिनिधि कहाँ जान्छन् भनेर मानिस खटाउने गरेको खुलेको छ । जिल्लास्थित जनप्रतिनिधिका अनुसार खोला आसपासका बासिन्दाले ठेकेदारले सिधै क्रसर उद्योगलाई गिटीबालुवा बिक्री गरेको गुनासो सुनाउने गरेका छन् ।

स्थानीयको गुनासोपछि अनुगमनका लागि नपुग्दै ठेकेदारले सावधानी अपनाइसकेको पाइने गरेको जनप्रतिनिधिले बताएका छन् । जनप्रतिनिधि पुग्दा ठेकेदारले मापदण्ड अनुसार काम गरिरहेको देखाउछन् । स्थानीय बासिन्दाले ठेकेदारले क्रसरलाई गिटीबालुवा विक्री गरेपनि सर्वसाधरणलाई नदिएको उनीहरुको गुनासो छ । धेरै स्थानमा यस्ता कार्य नियन्त्रण गर्न जनप्रतिनिधिले बेवास्त ागर्ने गरेको स्थानीयको गुनासो छ ।