राष्ट्रिय

दुई विधेयक समितिमा पठाउँदै बैठक स्थगित

- अजित तिवारी

मधेश प्रदेश सभाको बैठकले दुईवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । प्रदेश सभाको बैठकमा खेलकुद तथा समाजकल्याण मन्त्री सुरिताकुमारी साहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्नु भएको थियो । यस्तै, मन्त्री साहले बाल अधिकार ऐन २०७७ संशोधन विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पनि पेश गर्नु भएको थियो ।

सभामुख रामचन्द्र मण्डलले दुबै विधेयक दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाउने प्रस्ताव निर्णायार्थ प्रस्तुत गरेपछि बहुमतले स्वीकृत भएको थियो । प्रदेश सभाको अर्को बैठक बुधबार ३ बजेका लागि तोकिएको छ । एमाले–माओवादी सरकारबाट बाहिरिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने तयारी गर्नु भएको छ । कांग्रेस संसदिय दलको आज बसेको बैठकले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । मधेश प्रदेशमा लोसपा र एकीकृत समाजवादी पार्टीले एमाले–माओवादी गठबन्धनमा जाने कि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने यी दुबै मामिलामा निर्णय गरिसकेको छैन ।