राष्ट्रिय

शुक्लाफाँटामा दोस्रो पटकको गणनामा ५ वटा खर मजुर फेला

- भवानी भट्टकञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५ वटा खर मजुर भेटिएका छन् ।

निकुञ्ज प्रशासन र नेपाल पंक्षी संरक्षण संघले दोस्रो चरणमा जेठ १४ देखि १९ गतेसम्म गरेको गणनामा ३ भाले र २ पोेथी सहित ५ खर मजुर भेटिएको हो ।

दुई महिना अघि गत चैत १४ देखि २१ गतेसम्म गरिएको गणनामा एउटा पनि खर मजुर नभेटिएपछि पुनः गणना गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । उहाँका अनुसार निकुञ्जकोे शुक्लाफाँटा घाँसे मैदानसँगै हरैया, हिरापुर, लालपानी लगायत आधा दर्जन स्थानमा गणना गरिएको थियो ।

विगतमा भेन्टेड विधिबाट मात्रै खर मजुरको गणना गरिन्थ्यो भने यसपटक स्विप विधि समेत अपनाइएको निकुञ्जका संरक्षण अधिकृत ऐरले जानकारी दिनुभयो ।

गणनामा १६ जना प्राविधिक र २ हात्ती परिचालन गरिएको थियो ।