राष्ट्रिय

विषालु च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका ६ जना बिरामी

- राजकुमार कार्कीसिन्धुली

विषालु जंगली च्याउ खाएर सिन्धुलीको तीनपाटन गाउँपालिका–४ बालाजोर बिस्टारमा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र चकमकेमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर गौरव श्रेष्ठका अनुसार जंगलबाट टिपेर ल्याएको विषालु च्याउ आज बिहान पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् ।

प्रहरीका अनुसार जंगली च्याउ खाएर बिरामी हुनेमा ६७ वर्षीय केशरवहादुर भुजेल, ५० वर्षीया पूर्णमाया भुजेल, २१ वर्षीय किरण भुजेल, ३८ वर्षीय घनश्याम भुजेल र २० वर्षीया नानीमाया समाल छन् ।

विरामीको अवस्था मध्यम रहेको र थप उपचार आवश्यक परे अन्यन्त्र पठाइने डा. श्रेष्ठले जानकारी दिनुभयो ।