राष्ट्रिय

बुधबार रातिको हवाहुरीले सल्यानका ३ पालिका बिजुलीविहीन

- विप्लव महर्जन सल्यान

बुधबार रातीको भिषण हावाहुरीका कारण सल्यानका ३ पालिका बिजुलीविहीन भएका छन्् ।

पालिकाका विभिन्न स्थानमा पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा गाउँपालिका बिजुलीविहीन भएका हुन् । बिजुली नहुँदा पालिकाको दैनीक कामकाज समेत प्रभावित भएको छ ।

यस्तै विद्युत सेवा नहुँदा सल्लीबजार लगायत केही स्थानमा खानेपानीको समेत समस्या भएको छ । सो स्थानमा लिप्टङ प्रविधिमार्फत खानेपानीको व्यवस्था मिलाइएको थियो ।



जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रवक्ता भवानी प्रसाद धमलाका अनुसार सो पालिकाका दुई दर्जन बढि स्थानीयको घर, भूकम्प प्रभावितको अस्थायी टहरा, विद्यालय तथा प्रहरी चौकीको भवनमा समेत क्षती पुगेको छ ।

हावाहुरीले दार्मा गाउँपालिकामा केही भुकम्प पिडितको अस्थायी टहरा, घरमा क्षति पुर्याएको छ । यस्तै कुमाख गाउँपालिका स्थित इलाका प्रकहरी कार्यलय रागेचौर र सिद्धुकुमाख गाउँपालिका ४ चिनाली स्थित कालिका आधारभुत विद्यालयको छाना उडाएको छ ।

हावाहुरीले बन्गाड कुपिण्डे नगरपालिका ६ मा एउटै बस्तीमा ६ घरको छाना उडाएको नगरपालिकाका उपप्रमुख उपप्रमुख पुरुषोत्तम आचार्यले बताउनुभयो ।

यसैबीच विद्युत प्राधिकरण सल्यानका प्रशासन प्रमुख कालीबहादुर बुढाथोकीले विभिन्न स्थानमा हावाहुरीले पोल ढलेको, कतै चटयाङ्ले ट्रान्समिटरमा क्षती पुर्याएको र कतै रुखको हाँगा पर्दा तार चुडिएकाले विद्युत सेवा सुरु हुन नसकेको बताउनुभयो ।