राष्ट्रिय

कालिकोटको रास्कोट ४ बालविवाह मुक्त वडा घोषणा

- तुलाराम पाण्डेकालिकोट

कालिकोटको रास्कोट नगरपालिका वडा नम्बर ४ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

एक वर्षअघि सम्म २० प्रतिशत बालविवाह रहेकोे रास्कोटमा बालविवाह विरुद्ध अभियान सञ्चालन गरेर शून्य कायम भएसँगै सो वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । कालिकोटको कर्णाली परिका ५ स्थानीयतह मध्येमा रास्कोट ४ पहिलो बालविबाह मुक्त वडा बनेको हो ।

सो वडाका प्रत्येक घरमा पुगेर कसैले पनि बाललविवाह नगर्ने नगराउने हस्ताक्षरसहित प्रतिबद्धता गरेपछि नगर पालिकाको समन्वयमा वडालाई बालविवाह मुक्त घोषणा गरिएको नगर बालअधिकार समितिका अध्यक्ष एवं नगरपालिका उप प्रमुख मनिराज बरालले बताउनुभयो ।

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, पोषण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै रास्कोट नगरपालिकाले निर्माण गरेको बालविवाह विरुद्धको रणनीतिअनुसार धामीझाँक्री, पण्डित, बालअभियन्ता, सामाजिक कार्यकर्ता परिचालन गरेर बालविवाहलाई सून्यमा झार्न सफल भएको वडाध्यक्ष दिनेश संज्यालले बताउनुभयो