राष्ट्रिय

कर्तव्यज्यान मुद्वाका फरार प्रतिवादी पक्राउ

- दीपेन्द्र बडुवालभैरहवा

कर्तव्य ज्यान मुद्वामा अदालतबाट दाेषी ठहर भएर  १२ वर्षदेखि फरार रुपन्देहीको साबिक मर्यादपुर गाबिस-२, का प्रतिवादी बीरेन्द्र जैयसवाल शुक्रबार पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरेकाे जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठाैंरका अनुसार स्थानीय राजु हरिजनकाे जाहेरी अनुसार कर्तव्यज्यान मुद्वामा जिल्ला अदालत रुपन्देहीले २०६८ कार्तिक २८ गते दुई वर्ष कैद फैसला सुनाएको थियाे ।

 दुई वर्ष कैद अशुल गरेर जैयसवाल मुक्त भएका थिए । जिल्ला अदालतकाे फैसलामा चित्त नबुझेपछि पीडित परिवारले तत्कालीन पुनरावेदन अदालत बुटवलमा फैसला पुनरावेदनका लागि निवेदन दिएका थिए ।

साविक पुनरावेदन अदालत बुटवलले २०६९ पुस १५ गते जिल्ला अदालतकाे फैसला उल्टाएर प्रतिवादी जयशवाललाई १० वर्ष कैद फैसला सुनाएको थियाे । 

पुनरावेदन अदालतकाे फैसला बिरुद्ध प्रतिवादी सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्च अदालतले २०७६ जेठ २७ गते पुनरावेदनकाे फैसला सदर हुने सुनाएको थियाे । 

अदालतले कैद सजाय सुनाए पनि प्रतिवादी जयसवाल जिल्लामा स्वतन्त्रत हिडडुल गरिरहेका थिए । फैसला कार्यन्वयन शिलशिलामा जिल्ला अदालतबाट पक्राउ पूर्जि लिएर प्रहरीले प्रतिवादीलाई पक्राउ गरिएको एसपी राठाैंरले  जानकारी दिनुभयो । राठाैंरका अनुसार प्रतिवादीले यसअघि दुई वर्ष अशुल कैद कटाएर आठ वर्ष कारागारमा बिताउनु पर्नेछ । जयशवालमाथि बालक हत्या गरेकाे अभियाेग छ ।