राष्ट्रिय

बझाङमा विपद उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीको मृत्यु

- वसन्तप्रताप सिंहबझाङ

बझाङमा विपद उद्धार सम्बन्धी अभ्यासका क्रममा नदीमा डुबेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 

अभ्यासका क्रममा सेती नदीमा डुबेर सशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको हो । 

बाढीमा डुबेका व्यक्तिको उद्धार सम्बन्धी अभ्यासका क्रममा नदीमा डुबेर धामी बेहोस भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल पु¥याइए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

 नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र जयपृथ्वी नगरपालिकाको टोलीले विपद उद्धार सम्बन्धी संयुक्त अभ्यास गर्ने क्रममा सो घटना भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताउनुभयो ।