राष्ट्रिय

स्करपियो दुर्घटनामा दुई भारतीयको मृत्यु

- शिव पुरी

रौतहटको चन्द्रपुर नगरपालीका–४ स्थित पुर्व पश्चिम राजमार्गको धन्सार पुल नजिक भारतीय नम्बरप्लेटको स्करपियो दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । सर्लाहीको बाग्मति नगरपालीका स्थित भरत ताल घुमेर बाराको पिलुवा जांदै गरेको स्करपिओको पछाडीेको बांया साइडको चक्का पड्किएपछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । 

रुखमा ठोक्किएर क्षतिग्रस्त जिपमा सवार भारत बिहार पुर्वि चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ बर्षिय तमन्ना शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा गम्भिर घाईते २१ बर्षिय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल विरगंजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरिक्षक सुरेन्द्र विक्रम बर्तौलाले जानकारी दिनुभयो ।