राष्ट्रिय

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

- रेडियो कान्तिपुर संवाददाताचितवन

पहिरोका कारण अवरुद्ध चितवनको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार सो सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गएराति साढे १ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान साढे ५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।