राष्ट्रिय

जसपा नेपालको केन्द्रीय कार्यसमिति अझै टुंगो लागेन

- केएफएम डेस्क

जनता समाजवादी पार्टी नेपाल जसपाले महाधिवेशन सकिएको एक साता भइसक्दा पनि केन्द्रीय कार्यसमिति गठन गर्न सकेको छैन । केन्द्रीय कार्यसमिति गठनको जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । पार्टीको नेतृत्वमा निर्विरोध चयन भएपनि अध्यक्ष यादवलाई कार्यसमिति चयन गर्न सकस परेको छ । 

अध्यक्ष यादवले कार्यसमिति चयनका लागि आन्तरिक छलफल गरीरहेकाले केही दिनमै टुंगो लाग्ने नेताहरुले बताएका छन् । २ सय १ केन्द्रीय कार्यसमितिको पदाधिकारीमा आकांक्षी धेरै भएपछि महाधिवेशनले नै टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो ।

पार्टी अध्यक्ष यादवले समावेशी क्लस्टर मिलाएर केन्द्रीय कार्यसमिति टुंगो लगाउने बताउंदै आएका छन् । पार्टी नेता मनिस कुमार सुमनले अध्यक्ष यादवले सबैको आकांक्षा पूरा गर्न नसकेपनि विभेदरहित ढंगमा चयन गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । महाधिवशेनको मुखमा आएर जसपा नेपालबाट छुट्टिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।