राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा आगामी आइतबारबाट जंगल सफारी बन्द हुने

- केएफएम डेस्ककाठमाडौं

पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्जमा आगामी आइतबारबाट जीप मार्फत हुने जंगल सफारी बन्द हुने भएको छ ।

निकुञ्ज कार्यालय प्रमुख एवं बरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनका अनुसार मुनसुन अवधि सुरु भएसँगै जंगल भित्र निमार्ण गरिएका सडक विग्रीने जोखिम रहेको तथा निकुञ्जमा पाइने वन्यजन्तु एवं पशुपक्षंको प्रजननको समय भएको भन्दै जीप सफारी बन्द गर्न लागिएको हो ।

भित्री क्षेत्रमा हुने सफारी बन्द हुने भए पनि स्थानीय सामूदायीक बनमा व्यवसायिले सञ्चालन गर्दै आइरहेको जंगल सफारी भने यथावत रहने निकुञ्ज कार्यालय प्रमुख पुनले जानकारी दिनुभयो ।

सो निकुञ्जमा चितवनस्थित सौराहासहितका विभिन्न स्थानका निकुञ्ज प्रवेशद्वारबाट पर्यटन व्यवसायिले जीप सफारी सञ्चालन गर्दै आइरहेका छन् ।