रौतहटमा बस दुर्घटना हुँदा एकको मृत्यु
- रौतहटरौतहटको गौरमा शनिबार बिहान यात्रुबस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर माधवनारायण नगरपालिका–३ भेल्हीकी १८ वर्षीया नेहाकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपी एलिजा गिरीले जानकारी दिनुभयो ।
गौरबाट भैरहवातर्फ जाँदै गरेको ना ७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई गरुडा नगरपालिका–१ स्थित जयनगर चोकमा दुर्घटना भएको थियो ।
घाइतेलाई प्रहरीले स्थानीय अस्पतालमा उपचारको लागि पठाएको छ । बस चालक फरार रहेको र उनको खोजी भईरहेको डीएसपी गिरीले जानकारी दिनुभयो ।