राष्ट्रिय

पहिरोले वीपी र मध्य पहाडी लोकमार्ग अवरुद्ध

- राजकुमार कार्कीसिन्धुली

लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । 

वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–६ अक्करे भीर र फिक्कल गाउँपालिका–२ सुम्नाम बेंशीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ । 

दुई राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुर तथा तराईबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीच बाटोमै रोकिएका छन् । 

मुलकोटस्थित यान्त्रिक कार्यालयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।