राष्ट्रिय

धनकुटाको रामबजारमा आगलागी, तीन घर जलेर नष्ट

- विनोद घिमिरेधनकुटा

धनकुटाको लेगुवास्थित रामबजारमा गएराति भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन् । राति एक बजेदेखि लागेको आगोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका मोहन भण्डारी, तेजबहादुर भुजेल र बद्री बर्देवाको घर जलेर नष्ट भएको हो । 

आगो स्थानीय मोहन भण्डारीको घरबाट सल्किएको थियो । आगलागीबाट लत्ताकपटा, अन्न, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो । आगगालीबाट ६६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।