राष्ट्रिय

कर्णाली राजमार्गका दुई ठाउँमा पहिरो, सडक अबरुद्ध

- राजबहादुर शाहीमुगु

भीषण वर्षाले कर्णाली राजमार्गमा दुई ठाउँमा पहिरो खसेर सडक अबरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ । 

कालीकोट सडकखण्डको हुल्म र कालीकोट दैलेखको सिमाना गगने खोलामा ठूला ढुंगा सहित पहिरो खस्दा कर्णाली राजमार्ग अबरुद्ध भएको सडक भिडिजन प्रमुख चेतन कुमार मण्डलले जानकारी दिनुभयो । 

‘हुल्म र गगने खोलामा माथिबाट ठूल्ठूला ढुंगा सहित भीषण पहिरो खसेको छ,’ सडक डिभिजन प्रमुख मण्डलले भन्नुभयो, ‘पहिरो पन्छाउन दुई वटा मेसिन लगाएका छौँ । ठूला ढंगा पन्छाउन गाह्रो अवस्था भएको सडक सञ्चालन हुन समय लाग्छ ।’ 

सडक अबरुद्ध भएपछि कालीकोट, जुम्ला, मुगुतर्फ आउन सवारी साधान र मुगु, जुम्ला, कालीकोटदेखि सुर्खेत नेपालगञ्जतिर जाने दर्जनौँ सवारी साधन बीच बाटोमा अलपत्र परेको सडक भिडिजन कार्यालयले जनाएको छ । पहिरोले सवारी साधान बीच बाटोमा रोकिएपछि यात्रु र सवारी चालकलाई सास्ती भएको छ ।