मधेश प्रदेशले सिमलताल घटनाका मृतक परिवारलाई एक लाख रुपैयाँ रहात दिने
- धुनषामधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने बताउनुभएको हो ।
प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह समेत गर्नुभएको छ ।