राष्ट्रिय

बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले विश्वासको मत नदिने

- सुवास विडारीमकवानपुर

नेपाली काँग्रेसले बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ । 

काँग्रेस वाग्मती प्रदेश समितिको आज ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

 मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । काँग्रेस–एमालेसहित नयाँ गठनबन्धन निर्माण भएसँगै प्रदेशमा मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको छ । 

वर्तमान सरकारलाई काँग्रेस, एमाले, राप्रपाले विश्वासको मत नदिने स्पष्ट पारिसकेका छन् । 

उहाँको पक्षमा हालसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी देखिएको छ ।