राष्ट्रिय

रूकुम पश्चिमका २ हजार भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ताको रकम

- महेश केसीरूकुम पश्चिम

भूकम्प गएको आठ महिना बितिसक्दा पनि रूकुम पश्चिमका २ हजार २ घरपरिवारले पहिलो किस्ता वापतको रकम पाउनबाट बञ्चित भएका छन् ।

जिल्लाका ३४ हजार ९ सय ९८ लाग्राहीमध्ये ३२ हजार ९ सय ९६ घरपरिवाले पहिलो किस्ताको रकम पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्तले पहिलो किस्ता पाउन बाँकी घरपरिवारका लागि रकम अपुग भएको र प्राधिकरणमा माग गरिएको जानकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो किस्ता वापत हालसम्म ८२ करोड ४९ लाख रकम जिल्ला विपत् व्यवसथापन कोषबाट स्थानीय विपत व्यवस्थापन कोषमा पठाईएको छ ।

दोस्रो किस्ता वापत १६ हजार लाभग्राहीका लागि ४० लाख रकम सम्बन्धित स्थानीय तहमा पठाईएको पन्तले बताउनुभयो ।

दोस्रो किस्ता पाउन बाँकी ५ हजार ७ सय ४७ घरपरिवारका लागी १४ करोड ३६ लाख ७५ हजार रूपैयाँ माग गरिएको छ ।