दार्चुलामा एक वर्षमा २ हजार ५ सय बढी सवारी चालक ट्राफिक कारवाहीमा
- दार्चुलादार्चुलामा एक वर्षको अवधिमा दुई हजार पाँच सय बढी सवाी चालक ट्राफिक प्रहरीको कारवाहिमा परेका छन् ।
गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी चालक करबाहीमा परेका हुन् ।
जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी एक हजार ५ सय ८ जीप र कारका चालकलाई कारबाही गरिएको छ ।
तीन सय ६६ मोटरसाइकल, दुई सय ४२ टेक्टर, एक सय १७ ट्रक, २१ बस र दुई सय ८२ अन्य सवारी चालक कारवाहीमा परेका हुन् ।
ट्राफिक नियम उल्लघंन गर्ने सवारी चलकलाई कारवाही गर्दा १४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रमहरू समते नियमित रुपमा गर्दै आइरहेको छ ।