राष्ट्रिय

पर्याप्त अनुगमन नहुँदा हैजा फैलन सक्ने

- केएफएम डेस्ककाठमाडौं

मनसुुनी समयमा पानीका स्रोतहरु शुद्ध नहुँदा हैजा फैलनसक्ने भन्दै सर्तकता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

पानीको श्रोतमा भेलबाढी मिसिने, नयाँ मुलको पानीको प्रयोग एंव कतिपय अवस्थामा जारकै पानी पनि शुद्ध नहुने भएकाले सर्तकता अपनाउनुपर्ने उनीहरुको भनाई छ ।

ललितपुरका एक किशोरमा केही दिन अघी हैजा पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गर्दा ललितपुरस्थित एक पुनःस्थापना केन्द्रमा बस्ने १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको हो । 

यस्तै मनसुुन सुुरु भए यता कैलालीमा पनि हैजाका बिरामी भेटिएका थिए । पानीको स्रोतबारे पर्याप्त अनुगमन नहुुँदा हैजा फैलन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. शेर बहादुर पुुनले बताउनुभयो । 

खानेपानीका स्रोतशुद्धता सम्वन्धी अनुुगमनका लागि सरोकार मन्त्रालयसँग छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुुढाथोकीले बताउनुुभयो ।