राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति आज सार्वजनिक गर्दै
- काठमाडौंनेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति आज ल्याउने तयारी गरेको छ ।
केन्द्रीय बैंकले गत शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी पुरा गरेपनि सरकारको आग्रहमा अन्तिम समयमा स्थगित भएको थियो ।
सरकारले बजेट मार्फत तय गरेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आवश्यक वित्तीय सहजीकरण गर्नेगरी मौद्रिक नीति आउन लागेको हो ।
गत शुक्रबार आउने भनिएको मौद्रिक नीति प्रधानमन्त्री कार्यलयको निर्देशनमा रोकिएको हो ।
अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधारका केही संकेतहरु देखिएपिन आन्तरिक तर्फ शिथिलताकै अवस्थामा छ ।
आजविहान संचालक समितिको बैठक बसेपछि मौद्रिक नीति आजै आउने राष्ट्रबैंक अनुसन्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक तर्फ जोखिमकै अवस्थामा रहेकाले लचिलो मौद्रिक नीति राष्ट्रब्रंैकलाई निजी क्षेत्रको दवाव छ ।
सरकारको पुँजिगत खर्च अपेक्षाकृत हुन सकेको छैन ।
उत्पादकत्वमा निरन्तर ह्रास आईरहको छ भने बजारमा माग सिर्जना हुन सकेको छैन ।
साना तथा मझौला उद्योग व्यवसाय फस्टाउन नसक्दा नयाँ रोजगारी सिर्जना हुन सकेको छैन ।
कर्जा प्रवाह हुन नसक्दना बैंक वित्तीय संस्थामा करिव ८ खर्व रुपैयाँ थुप्रिएको छ ।
मुलुकको वित्तीय क्षेत्रको सुधारका लागि मौद्रिक नीतिमा केही लचकता नै अपनाउनुपर्ने अवस्था आएको डा श्रेष्ठको भनाई छ ।