मन्त्री उपस्थित नभएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
- धनगढीसुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजका लागि पूर्वनिर्धारित बैठक मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ ।
सभाको बैठक सञ्चालन हुन सरकारकातर्फबाट कम्तिमा कुनै एक जना मन्त्रीको उपस्थिति आवश्यक हुन्छ । मन्त्री अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले नियम पढेर सुनाउँदै अनिश्चित समयका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो ।
विपक्षी दलहरु कांग्रेस एमालेको मागमा आव्ह्रान भएको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्रीसहित मन्त्री र सरकार पक्षसहित कुनै पनि मन्त्री उपस्थित नहुने रणनीतिमा सरकार पक्ष छ ।
हिजोको बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको निर्देशन विपरीत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बैठकमा उपस्थित भएपछि उहाँलाई हिजै मुख्यमन्त्री सोडारीले पदबाट बर्खास्त गर्नु भएको थियो । बजेट पारित हुन नसक्दा सुदूरपश्चिम प्रदेश साउन १ गतेदेखि बजेटविहीन छ ।