पहिरोले सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध
- सिन्धुलीलगातारको वर्षापछि खसेको पहिरोले मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध बनेको छ । पहिरोले खुर्कोट–घुर्मी खण्ड अन्तर्गत चारस्थानमा बुधबार बिहानैदेखि सडक अवरुद्ध बनेको हो ।
गोलन्जोर गाउँपालिका–६ को अक्करे भीरमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोलन्जोर–२ को कुखुरेटारमा ढुङ्गामाटो र लेदो सहितको पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध बनेको सिन्धुली प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
फिक्कल गाउँपालिका–४ मा खाङसाङ खोलामा आएको बाढीले यातायात सञ्चालन हुन सकेको छैन । पालिकाहरुबाट डोजर मगाएर पहिरो पन्छ्याउने काम भईरहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।